धरान । अवैध रूपमा ओसारपसार गरिरहेको समयमा प्रहरीले तयारी मदिरा बरामद गरेको छ ।

मोरङको रतुवामाई नगरपालिका–४ मसानघाटबाट दुई वटा साइकलमा ओसारपसार गरिरहेको सयमा १८० बोतल कर्णाली नामक प्याक तयारी मदिरा बरामद गरेको हो । तीन सय मिलिलिटरका तयारी मदिरा प्रहरी चौकी झुर्कियाले बरामद गरेको छ ।

रक्सी छाडेर भागेको अवस्थामा साइकलसहित मदिरा बरामद गरिएको थियो । त्यस्तै हावाहुरीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ हात्तीमारास्थित सूर्यदल गणको क्वारेन्टाइनको ४० थान पाल, खानेपानीको फिल्टर १ थानमा क्षति पुर्याइएको छ । त्यहाँको इन्टरनेट तथा विजुली समेत क्षति पुर्याएको थियो ।