धरान । धरानमा लकडाउन उल्लंघन गर्नेहरूको अहिले पनि कमी भएको छैन । धरान प्रहरीले सोमबार पनि १९ जनालाई नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिकाले सुरक्षासंयन्त्रसँग छलफल गर्दै वैशाख ६ गतेदेखि ८ गतेसम्म औषधि र दूधबाहेक सबै पसल बन्द गर्न आह्वान गरेको थियो । मावनीय गतिविधि त सरकारले चैत ११ गतेदेखि नै लगाएको छ । तर, अहिले पनि मावनीय गतिविधि नियन्त्रण हुन सकेको छैन । प्रातकालीन हिँडाइ (मर्निङ वाक) गर्नेहरूको कमी आएको छैन ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार ४ महिलासहित १९ जनालाई नियन्त्रणमा लिएर दुई घण्टासम्म सचेतना गराएर छाडिएको छ । केही दिनअघि अनावश्यक काममा हिँड्ने नागरिकहरूलाई बिहानदेखि साँझको ५ बजेसम्म राखिएको थियो । लकडाउनका बेला सवारी साधन कुदाउँनेको हकमा भने चाबी खोसेर राखिदिने गरेको छ ।