धरान । विश्वका चर्चित फुटबलर डेबिड बेकह्यामले पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोभन्दा अर्जेन्टिनी स्टार लियोनल मेसीको खेलको स्तर उच्च रहेको बताएका छन् ।

उनले मेसी अहिलेको उत्कृष्टमध्येको उत्कृष्ट खेलाडी रहेको बताए । रियल मड्रिडजस्ता व्यवसायिक क्लबमा खेलिसकेका बेलायती खेलाडी बेकह्यामले रोनाल्डोको खेलको स्तरभन्दा मेसीको स्तर उच्च रहेको बताएका हुन् । उनले भनेका छन्, ‘उनी (मेसी) वल्र्ड क्लास प्लेयर हुन्, उनीसँग तुलनायोग्य अर्को खेलाडी छैन । उनी अर्थात् क्रिष्टियानो रोनाल्डो उनको स्तरमा छैनन् ।’

बेकह्यामले मेसीसँग पछिल्लो समय सन् २०१३ को च्याम्पियन्स लिगको क्रममा भएको थियो । बार्सिलोनाबाट व्यवसायिक खेल खेल्दै आएका मेसीसँग उनी फ्रान्सको ‘पेरिस सेन्ट जर्मेन’ मा रहँदा भेट भएको थियो । त्यो बेला मेसी परिवर्तित खेलाडीको रूपमा क्वार्टर फाइनलको खेलमा प्रवेश गरेका थिए । जुन बेला पिएसजीसँग पछाडि रहेको स्थितिलाई मेसीले उल्टाएका थिए ।

त्यो खेलमा बराबरी भएको स्मरण गर्दै उनले मेसीकै कारणले गर्दा खेलको रणनीति नै परिवर्तन भएको बताए । स्मरणरहोस् रोनाल्डोको रियल मड्रिडमा प्रवेशसँगै बेकह्यामले रियल छाडेका थिए । त्यसपछि नै रोनाल्डोलाई ७ नम्बर जर्सी प्रदान गरिएको थियो । त्यसअघिसम्म बेकह्यामले नै उक्त जर्सी लगाउँदै आएका थिए । व्यवसायिक खेल जीवनमा बेकह्यामभन्दा रोनाल्डो सफल मानिन्छन् ।