ताप्लेजुङ । श्रीमती हत्या आरोपमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फुङलिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका पासाङ थुन्डुक शेर्पालाई बिहीबार पक्राउ गरेको हो ।

शेर्पाले बिहीबार बिहान ११ बजेतिर ५२ वर्षीया श्रीमती मिङ्मालामू शेर्पालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार आरोपित शेर्पाले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट पछि हत्या गरेका थिए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको इन्स्पेक्टर खड्काले बताए । पक्राउ परेका शेर्पाविरुद्ध जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।