धरान । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै देलाई आह्वान गरेको छ ।
कोरोना भाइरस महामारीका रूपमा फैलिरहेकाले सबै देशले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन संगठनका प्रमुख डा. टेड्रोस एडहनामले आह्वान गरेका हुन् । उनले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको दाबी गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन अपिल गरेका हुन् ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण पनि सिफुड (सामुन्द्रिक खाना) को बजारबाट फैलिएको थियो । सोही कारणले पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनु पर्ने उनको भनाइ छ । उनले वन्यजन्तुको मासुको सुद्धतामा पनि प्रश्न उठाएका छन् ।