धरान । धरानका चारै वटा नाका शिल गरिएको छ । अत्यावश्यक सेवाबाहेक सबै सेवासमेत बन्द गरिएको छ ।

दूध र औषधि पसलबाहेकका सबै पसलहरू आजबाट बन्द गरिएका छन् । धरानमा आउने चार वटा नाकाहरू शिल गरेर सुरक्षाकर्मीले जाँचलाई तीव्र बनाएका छन् । विशेष गरी चतराबाट प्रवेश गर्ने पश्चिमका नाका पूर्णतयाः रोक लगाइएको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार ११ बजे सुरक्षासँग छलफल गरेर थप के गर्ने भन्ने विषयमा निर्णय हुने छ । अहिले धरानको तीनकुने, पानबारी र पहाडी क्षेत्रबाट आउने नाका शिल गरिएको हो । इलाका प्रहरी कार्यालय धरानले मर्निङ वाक (प्रातकालीन हिँडाइ) मा हिँड्नेहरूलाई पूर्णतया रोक लगाएको छ । हिजोसम्म दुई घण्टा राखेर छाड्दै आए पनि आजबाट दिनभरि राखिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

‘आज १६ जनालाई नियन्त्रणमा लिएका छौं । जसमा ४ महिला र १२ पुरुष छन् । हिजोसम्म हामीले २ घण्टा राखेर छाड्थ्यौं, आजबाट दिनभरि राखिने छ’–उनले भने । इप्रका धरानको ब्याडमिन्टन कोर्टमा दिनभरि राख्ने व्यवस्थासमेत गरिसकेको छ । धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले आफू अहिले चेकिङमै रहेको बताए । उनले माथिल्लो नाकाबाट आउने गाडीहरूलाई समेत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको बताए ।

छिमेकी जिल्ला उदयपुरमा हिजो एकैदिनमा १२ जना कोरोना संक्रमित भेटिएपछि धरानमा सतर्कता अझ बढाइएको छ

तस्बिरहरूः उपेन्द्र चाम्लिङ

lock down_one

lock down_sabji lock down