ब्लाष्टखबर। जनकपुर उपमहानगरपालिका वडा नं. ५ महावीर चौकमा दुई महिलाले पैसा फालेर हिडेपछि पैसामा काेराेनाकाे किटाणु हुने आशंकामा ल्याब परीक्षण हुने भएकाे छ । 

अज्ञात दुई महिलाले १० /२० का १२/१५ बटा नेपाली नोटहरु फालेर भागेपछि ती नाेटहरूमा  कोरोनाका किटाणु हुन सक्ने शंका गरिएको हाे ।  संकास्पद रूपमा नाेटहरू बाटाेमै फालेर भागेपछि नाेटमा काेराेना संक्रमितकाे सम्पर्कमा रहेकाे हुन सक्ने भन्दै नाेटलाइ परीक्षाणका लागि ल्याव लगिने जिल्ला प्रहरी कार्यालय जनकपुरका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । 

केहि समय अघि भारतमा नोटमा कोरोना पोजिटिभको थुक हालेर नाेट सकडमा राखिने गरेको हल्ला चलेकाे थियाे । जनकपुरमा पनि दुई अज्ञात महिलाहरूले त्यस्तै प्रकारकाे  गतिविधि देखाएकाेले अहिले जनकपुरमा त्वारास फैलिएकाे छ ।