खाँदबारी ।  नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपाका हतियारधारी एक समूहले स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर बहुमुखी क्याम्पसका सभापति प्रकाशसिंह राईसहित अन्यदुई जनालाई आक्रमण गरेका छन् ।
चार दिनअघि राति षडानन्द नगरपालिका–२ कुदाककाउलेको तल्लो ताबुमा उनीहरू माथि आक्रमण भएको भन्दै अनेरास्ववियूले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ ।
सभापति राईले आफूलाई कन्चटमा पेस्तोल राखी मुक्काले हानेको र भागेर नजिकैको प्रहरी चौकीमा आई ज्यान बचाएको बताएका छन् । स्ववियू सभापति राईसहित अनेरास्ववियू जिल्ला कमिटी सदस्य उत्तराज खड्का र सन्तोष बस्नेतमाथि चन्द समूहका कुदाककाउले घर भएका प्रकाश गुरुङसहितको समूहले कुटपिट गरेको अखिलका जिल्ला संयोजक ध्रवराज राईले जानकारी दिए ।
साथीको बिरामी आमालाई घर पु¥याउने क्रममा जिल्ल ाप्रशासन कार्यालयबाट पास लिएर गएका सभापति राईसहित उनीहरूलाई राति मोटरसाइकल रोक्न लगाएर कुटपिट गरिएको बताइएको छ । उनीहरु मादकपदार्थ सेवनगरि सात आठ जनाको समुहले मरणसन्न हुने गरि कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी नरबहादुर मगरका अनुसार कुटपिट गर्ने गुरुङ प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति भएको बताएका छन् । उनीहरुलाई पक्राउका लागि प्रहरी परिचालन गरिएको डिएसपी मगरले जानकारी दिए ।