उदयपुर । उदयपुरको बेलकाबाट दुई तास खालबाट नगदसहित नौ जना पक्राउ परेका छन् । लकडाउनको समयमा तास खेलिरहेका बेलका नगरपालिका–२ र ३ बाट सात हजार पाँच सय १५ रुपैयाँसहित नौ जना पक्राउ परेका हुन् ।

लकडाउनको बेला तास खेलीरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले दुई तास खालबाट नगद उक्त रकम र चार बुङताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेनपा–२ निबासी ३० बर्षीय सुर्यबहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्राट राई, ५० बर्षीय सिताराम बस्नेत र बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय गणेश मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ हजार २ सय ९५ रुपैयाँ नगद र १ बुङ तास बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बेनपा– ३ का रामबहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जसबहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझी पक्राउ परेको प्रहरी जनाएको छ । उनीहरुको साथबाट नगद ४ हजार २ सय २० रुपैयाँ र ३ बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ ।