ब्लाष्टखबर ।  लकडाउनकाे समयमा धरानमा  तास खेलिरहेकाे अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेकाे छ । 

धरान उपमहानगरपालिका वडानम्बर १६ स्थित एक घरमा तास खेलिरहेका ५ महिला र ३ पुरुषलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

तास खेलीरहेकाे भन्ने सुचनाका अाधारमा इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले वृहस्पति मार्गमा रहेकाे लक्ष्मी राईकाे घरमा डेरा गरी वस्ने विशाल राइकाे घरबाट ८ हजार ३ सय नगद सहित  उनीहरुलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्याैपानेले जानकारी दिए । 

  मंगलबार पक्राउ परेका उनीहरूलाई व्यवसायिक रुपमा नभै छरछिमेकी मिलेर  खेलेकाे देखिएकाेले सम्झाएर परिवारकाे जिम्मा लगाउने तयारी भइरहेकाे उनले बताए  ।