इनरुवा  / राहत वितरणमा समस्या भएको विषयमा स्थानीयले इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्षलाई स्थानीयले कुटपिट गरेका छन् ।
वडा कार्यालयले थालेको राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाएको समूहले वडाध्यक्ष रविन्द्र मण्डललाईकुटपिट गरेका हुन ।

इनरुवा ८ को गणेश नेरा आधारभुत विद्यालयमा राहत वितरण जारी रहँदा स्थानीय युवासहितको टोलीले आक्रमण गरेकाथिए । आक्रमणमा वडाध्यक्ष मण्डलको गालामा सामान्य चोट लागेको छ । राहत वितरण स्थल यसद्ध मैदानजस्तो भए पछि स्थितिलाई निरन्ज्ञण दिन प्रहरी नैआउनु परेको थियो ।
गेट बाहिर राहत पादैशीृ नभएको भन्दैंनारावाजी गरिरहेका थिए । गरिव तथा विपन्नलाई नभई धनीमनी र सम्पन्न परिवारलाई राहत बाडेको उनीहरुको आरोप थियो ।

उता वडाध्यक्ष मण्डलले भने केहि व्यक्तिले स्थार्थगत प्रतिशोध साँध्न आफुमाथि आक्रमण गरेको बताएका छन् । सम्झाईबुझाई गर्ने क्रममा एक्कासी आफुमाथि कुटपिट भएको उनले बताए । ८ नम्वर वडा कार्यालयले ९ सय २७ परिवारलाई राहत बाढ्ने तयारी गरेको छ ।