धरान । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका ब्राजिलियन फुटबलर रोनाल्डिन्हो छुटेका छन् । उनी पराग्वेमा पक्राउ परेका थिए ।
उनले १ दशमलव ६ मिलियन डलर जमानत बुझाएर उनी र उनका भाइ रोबर्टो छुटेका हुन् । पराग्वेको नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा उनीरू पराग्वेको एक क्यासिनोबाट ३२ दिन अघि पक्राउ परेका थिए । रोनाल्डिन्हो र उनका भाइलाई पारग्वेका क्यासिनो मालिक नेल्सन बेलोटीले पराग्वेमा बोलाएका थिए । पराग्वेको पुलिसले छापा मार्ने क्रममा रोनाल्डिनो र उनका भाइ रोबर्टो पक्राउ परेका थिए । उनीहरूले नक्कली कागजात प्रयोग गरेको आरोपमा पक्राउ परेका थिए ।
रोनाल्डिनो सन् २००२ को विश्वकप ब्राजिलले जित्दा उनी मुख्य खेलाडीका रूपमा रहेका थिए । उनीसँग हाल ब्राजिलको पासपोर्ट छैन । सन् २०१८ मा अदालतले संरक्षित क्षेत्रको तालमा अवैधानिक रूपमा माछा पार्ने काम गरेको भन्दै उनी कारबाहीमा परेका थिए । उनलाई देश छाड्नसमेत प्रतिबन्ध लगाइएको थियो ।