लक्ष्मीमार्ग/उद्योग वाणिज्य संघ लेटाङले १२ सय केजी चामल राहत कोषमा हस्तान्तरण गरेको छ । 
 
लकडाउनका कारण विपन्न परिवारको जीविकाेपार्जनमा समस्या भएपछि राहत काेषमा प्रदान गरिएकाे संघका अध्यक्ष खड्गवहादुर श्रेष्ठ “सानु”ले जानकारी दिए । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर सरकारले एकद्वार प्रणालीमा राहत वितरण गर्ने भएपछि नगरपालिकामार्फत् चामल हस्तान्तरण गरिएको उनले बताए। 
 
नगरपालिकाकाे राहत काेषमा राहत रकम तथा नगरपालिका तथा वडाहरुमा खाद्यबस्तु संकलन हुने क्रम जारी रहेको छ । नगरपालिकाले ९ वटै वडामा खाद्य वस्तु पठाएको छ भने वडाहरूमा राहत वितरणको कार्य समेत सुरु भएको छ ।