धरान / विश्वभरि दश लाख ९८ हजार भन्दा बढि कोरोनाभाइरस संक्रमित भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार सबै भन्दा बढि अमेरिकामासंक्रमण फैलिएको छ । अहिलेसम्म ५९ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख २८ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केको जनाइएको छ । भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ।

एक सातामै दोबर सङ्क्रमित

सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो।  तर गत एक सातामै सङ्क्रमितको सङ्ख्या दोबर भएर त्यो ११ लाख हाराहारीमा पुगेको छ । झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्।
बिहीवार स्पेनमा २४ घण्टाभित्रै संक्रमितको संख्या उच्च भएको छ । स्पेनमा १ लाख १९ हजार १९९ संत्रमित छन् । इटालीमा पनि एक लाख १९हजार ८ सय छन् । इटालीमा १४ हजार ६८१ ले ज्यान गुमाएका छन् । स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय फ्रान्स इरान, युके र टर्कीमा संक्रमण र मृत्यु दर बढेर गएको छ ।

कोभिड–१९ रोग तीन महिनाअघि मध्य चीनबाट फैलन सुरु भएको थियो। मृत्यु हुनेको सङ्ख्याका आधारमा इटलीपछि दोस्रो स्थानमा रहेको स्पेनमा झण्डै ९ लाख मानिसहरुले आफ्नो जागिर समेत गुमाएका छन्। अमेरिकामा बताइए अनुसार त्यहाँको इतिहासमै अहिलेसम्मको उच्च ६६ लाख मानिसहरूले बेरोजगारी सुविधाको लागि दाबी दर्ता गरेका छन्।

कहाँ कति स‌क्रमित र मुत्यु यहाँ हेर्नुहाेस् ।