पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी सार्वजनिक स्थानहरुमा ब्लीचिङ औषधि छिट्न सुरु गरेको छ ।

शुक्रबार वडा नं. ६, स्थीत पालिका हुर्दै बजारलाइनमा छिटेका हो । कोरोना भाइरसमुक्त गाउँपालिका बनाउन बजार, सार्वजानिक स्थल, विदेशबाट घर आएका ६३ जनाको घरमा ब्लीचिङ औषधि छिट्ने पालिकाका स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

शनिबार वडा नं. १ हुदै सवै वडामा छिट्ने जनाएको छ । १०० ग्राम ब्लीचिङ धुलो औषधिमा १०लिटर पानी घोलेर छिट्ने गरिन्छ । अहिले पालिकामा सो औषधि ४ सय केजी ल्याएको र आवश्यक अनुसार अन्य ल्याउन सकिने पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । अहिले एउटा ट्याङ्कीबाट मात्र छिट्ने काम भएको छ । विदेशबाट आएकोहरुको घरमा हाते टयाङ्कीबाट छिट्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।