वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा कोरोना शंकास्पद बालिकालाई स्वास्थ्य परीक्षणको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ ।
ज्वरो र रुघाबाट ग्रसित ती बालिकालाई आफन्तले जाँचको लागि प्राथमिक स्वास्थ्य केन्द्र चतरा पु¥याएका थिए । त्यहाँबाट थप जाँचका लागि घोपा क्याम्प पठाइएको वराहक्षेत्र नगर अस्पतालका व्यवस्थापन निर्देशक डाक्टर अनिल गिरीले बताए । यता वराहक्षेत्र–७ का एक युवालाई होम क्वारेन्टाइनमा पठाइएको छ । ती युवा चैत ९ गते केरलाबाट नेपाल फर्किएका थिए ।
ज्वरो निरन्तर रहेकाले थप परीक्षणका लागि उनलाई बीपी क्याम्प पठाइएको थियो । कोरोनाको कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहअनुसार उनलाई होम क्वारेन्टाइन राखिएको नगरपालिकाकी स्वास्थ्य संयोजक सुलोचना चौधरीले बताइन् । १ नम्बरका युवालाई आवश्यक सल्लाह दिएर घर पठाइएको छ । उनी आज बुधबार काठमाडौंबाट चतरा घर आएका हुन् ।
यता फागुन महिनादेखि अहिलेसम्म भारतको पटना, अष्टे«लिया, जापान, ओमान, साउदी अरब, कतार, मलेसिया, कुवेत र बहराइन देशबाट २९ जना नगरमा आइपुगेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले सूची जारी गरेको छ । विदेशबाट फर्केकाकालाई होम क्वारेन्टाइनमा राखिएको छ भने उनीहरूलाई लगातार निगरानीमा राखिने संयोजक चौधरीले जानकारी दिइन् । नगरपालिकाको प्रकाशपुरमा ९ र नगरपालिकाको कार्यलय नजिक सेफ हाउसमा ११ वेडको क्वारेन्टाइन हाउस निर्माण गरिएको छ भने आवश्यकता अनुसार जडेज र आदर्श माविमा हाउस थपिने जानकारी चौधरीले दिइन् ।
मजदुरलाई राहत उपलब्ध गराउन नगरपालिकाले स्थानीय माछापुच्छे् बैंकमा नगरको समाजिक विकास शाखा प्रमुख अरुणकुमार महतो तथा लेखा शाखा अधिृकत वीरेन्द्र यादवको संयुक्त हस्ताक्षरबाट चल्ने खाता नम्बर १००१५२४०७३८४००१४ को ‘वराहक्षेत्र नगरपालिका प्रकोप व्यवस्थापन राहत कोष’ खाता सञ्चालन गरेको छ ।