बिर्तामोड । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ५० वेडको क्वाारेन्टाइन निर्माण गर्ने भएको छ ।

नगर भित्र क्वारेन्टाइनमा राख्नु पर्ने संकित व्यक्तिहरुको संख्या बढने अवस्था सृजना भएपछि नगरपालिकाले क्वारेन्टाइनको क्षमता बढाउन लागेकोे हो । हाल अर्जुनधारा नगरपालिकाले १२ वेडको क्वारेन्टाइन संचालन गरेको छ । वडा नंं ४ मा रहेको अर्जुनधारा स्वास्थ्य चौकीमा संचालनमा आएको क्वारेन्टाइनले अपुग हुने अवस्था आएपछी शनिस्चरे माविको भवनमा क्वारेन्टाइन निर्माण गर्न लागिएको हो । अहिले क्वारेन्टाइनमा ६ जनालाई राखिएको छ । ति सबै बैदेशिक रोजगारीबाट फर्किएका हुन् । नगरपालिकाले होम क्वारेन्टाइनमा भने १ सय ३ जनालाई राखेको जनाएको छ ।

जिल्ला समन्वय समिति झापाले १ सय वेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम तत्काललाई ५० वेडको क्वारेन्टाइन निर्माण गर्न लागिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए । उनले त्यसका लागि बजेटको व्यवस्थापन गरिसकिएको बताए । अर्को ५० बेडका लागि स्थानको सम्भाव्यता अध्ययन गरि रहेको उनले बताए ।

यता, हाल क्वारेन्टाइन रहेको अर्जुनधारा स्वास्थ्य चौकीको भवनमा आईसोलेसन निर्माण गरिने भएको छ । आईसोलेसनका लागि आवस्यक प्रक्रिया सुरु गरिएको नगर प्रमुख रानाले जानकारी दिए । नगरपालिकाले जेष्ठनागरिक चौतारी, अर्जुनधारा जलेश्वरधाम र नगरभित्र रहेका सबै सार्वजनिक स्थलमा किटनासक औषधि छिट्ने काम शुरु गरेको नगर स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।