धरान / निजी अस्पतालहरुले सामान्य विमारीहरुसमेत हेर्न छाडेको प्रभाव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परेको छ ।
सामान्य खालका विमारीहरुसमेत प्रतिष्ठानमा रेफर हुने क्रम बढेको प्रतिष्ठानका प्रसुती तथा स्त्री रोग विभागका विभागीय प्रमुख प्राडा मोहनचन्द्र रेग्मीले बताएका छन् ।
प्रतिष्ठानको प्रसुती इमेरजेन्सीमा दैनिक १५ प्रतिशत विमारीहरु थपिएको उनले बताए । प्रतिष्ठानमा श्रोत साधानका अभावमा समस्या परिरहेका बेला झन विमारी थपिदा झन समस्या बढेको उनको भनाई छ ।
‘बाहिरका अस्पतालले सामान्य विमारी यहाँ पठाएका छन् । दैनिक १६/१७ वटा अपरेसनका केस हेरिरहनु परेको छ ।’–डा. रेग्मीले भने । यो महामारीलाई जित्न चिकित्सकहरुको मानविय चेतनाबाट मात्र सम्भव भएकाले वीपी प्रतिष्ठानमा सिमित श्रोत र साधनमा पनि सबै मिलेर महामारी विरुद्ध खटिरहेको उनले बताए ।