संखुवासभा / निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो आयोजनाको निर्माण कम्पनी एसजेभिएन कम्पनीले जिल्ला अस्पताल खाँदबारीलाई १ करोड पाँच लाख मुल्य बराबरको समान हस्तान्तरण गरेको हो । मंगलबार अस्पताललाई भेन्टिलेटर मेसिन सहितको उपकरण निशुल्क वितरण गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भइरसको नियन्त्रण र रोकथाम लागि एसजेभिएन कम्पनीले विभिन्न उपकरण जिल्ला अस्पताललाई निशुल्क वितरण गरेको हो । अस्पतालाई भेन्टिलेटर २ वटा, डिलक्स विरामी वेड ७ वटा, आइसियु वेड ३ वटा, सक्सन मेसिन ३ वटा लगायतका उपकरण एसजेभिएनका सिइओ अरुन धिमानले अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
३४ लाख मुल्य पर्ने २ वटा भेन्टिलेटर मेसिन निःशुल्क दिएको हो । जिल्ला अस्पतालले १८ लाख २४ हजारको विभिन्न मेसिन तथा उपकरण खरिद गरेको र सो रकम एसजेभिएनले कम्पनीले अस्पताललाई उपलब्ध गराएको हो । कोरोना भाइरका विरामीको उपचारमा निर्माण गरिएको आइसोलेसन वार्डमा आवश्यक पर्ने उपकरणहरु दिएको छ । जिल्ला अस्पताललाई ८६ लाख ३४ हजार मुल्यको विभिन्न उपकरण तथा औजार निःशुल्क हस्तान्तराण गरेको हो । बाँकी रकमका अन्य उपकरण तथा औजार अन्य स्वास्थ्य संस्थालाई दिइने कम्पनीले जनाएको छ ।
वितरण गर्दै सिइओ धिमानले आयोजना निर्माण भएको यो जिल्लामा कम्पनीको समेत दायित्व भएको बताएका छन् । उनले सदैव यहाँको विकासका लागि कम्पनी सदैवसंगै सहकार्य गर्ने बताए । प्राप्त उपकरण बुझदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिसस सभापति सुमन शाक्यले यो विषम परिश्थीतिमा आवश्यक उपकरण सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले भेन्टीलेटर सञ्चालनको लागि दक्ष जनशक्ति नभएको र सोको व्यवस्थापनमा समेत सहयोग गर्न अनुरोध गरेका छन् ।