वराहक्षेत्र । सुनसरीको बराहक्षेत्रस्थित वराहक्षेत्र संरक्षण मञ्चले कोरोना भाइरसको लकडाउनले गर्दा खाद्यान अभाव भएपछि वराहक्षेत्र मन्दिर क्षेत्रमा बसोबास गर्ने जेष्ठनागरिकहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।

मन्दिर क्षेत्रका २० जना वृद्धवृद्धाहरुलाई हिजो अध्यक्ष भक्त श्रेष्ठ र सचिव राजु घिमिरेको विशेष पहलमा संरक्षण मञ्च परिवारले २० हजार रुपैंया मुल्य बराबरको प्रति व्यक्ति ५ केजी चामल, आलु २ केजी, २ लिटर खानेतेत्र१/१ केजी चिनी र नुन दिईएको अध्यक्ष भक्त श्रेष्ठले बताए ।