मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको बजार क्षेत्रमा कोरना भाइरसको संक्रमणलाई रोक्न सहयोग पुर्याउने उदेश्यले किटनाशक विषादी छिटन थालिएको छ । सोमबार मिक्लाजुङमा रहेको साझा हस्पिटल प्रा.लि.को आयोजनमा किटनाशक बिषादी छिटीएकोे हो । किटनसक बिषादी छिट्न लागि मिक्लाजुङका युवा समाजसेवीहरु नविन लामा र रुद्र भण्डारीले सहयोग गरेकाछन ।

किटनशक बिषादीको छिटाईले बिभीन्न बाक्लोे बस्ति र अव्यवस्थित ढलका निकाशका कारण फैलन सक्ने प्ररकारका डेङ्गो र मलेरीया तथा अन्य प्रकारकासरुवा रोगहरुको नियन्त्रण सहयोग पुग्ने साझा हस्पिटल प्रालिका डाइरेक्टर छत्र डाँगीले बताए ।