उर्लाबारी । लक डाउनको समयमा प्रभावित बनेका नगरका ५० परिवारलाई उर्लाबारी नगरपालीकाको समन्वयमा राहत वितरण गरीएको छ । राहत सामाग्री वडा नं. ३, ५र ७ वडाका विपन्न समुदायमा वितरण गरीएको सामाजीक अभियान्ता रुद्रबहादुर तामाङले बताएका छन ।

ईसाई समाज मोरङ र लायन्स क्लब अफ उर्लाबारीले नगरका बिभीन्न वडामा राहत वितरण गरेका हुन । नगर प्रमुख खड्ग फागोले गैरसरकारी संघ–संस्थाहरुलाई कोभिड–१९ को संक्रमण फैलिन सक्ने त्रासका कारण सरकारले लकडाउनमा दैनिक ज्यालादारी गर्ने मजदुरहरु प्रभावित बनेका भन्दै उनिहरुलाई खाध्यन्न सहयोग गर्न अपिल गरेका कारण राहत वितरण गरीएको ति संस्थाहरुले बताएका छन ।

एक साताको अवधीमा निजी क्षेत्रको सहयोगमा ३ सय ५० जना मजदुर र विपन्न घर लाई प्रति परिवार २५ केजी चामल सहितका खाध्यन्न वितरण गरीएको बताउदै“ नगरपालीकाको बिपत कोषबाट पनि चाडैँ निर्णय गरी राहत उपलब्ध गराउने तयारी भईरहेको बताएका छन । यसरी बिपतको समयमा नगर प्रमुख आफैले लिएर खाध्यन्न दिएकोमा उर्लाबारी–५ का मनोज परियारले खुशी प्रकट गरेका छन ।