भण्टाबारी । सजिलो सहकारी संस्थाले भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका २५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
 
लकडाउनको समय दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको उक्त संस्थाका अध्यक्ष हाजी डाक्टर इसराइल मंसुरीले जानकारी दिए ।सजिलो सहकारी संस्थाका सदस्य आरिफ अन्सारीका अनुसार सो संस्थाले भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका २५ विपन्न परिवारलाई राहत स्वरुप चामल,दाल,तरकारी,नुन,तेल बिस्कुट र हात धुन साबुन सहयोग गरिएको हो ।
 
कोरोना भाइरस त्रासले एकहप्तादेखि जारी रहेको लकडाउनका कारण विपन्न परिवार काम गर्न न पाउदा भोकभोकै बस्नुपर्ने अवस्था आएकोले खाद्यान्न सहयोग गरेको अध्यक्ष इसराइल मंसुरीले बताए । सजिलो कृषि सहकारी संस्थाका सदस्य अध्यक्ष इसराइल मन्सुरीले लकडाउन पछि दैनिक काम गर्नबाट बञ्चीत भएका परिवारको घरमा बिहान बेलुका खाना खान समस्या भएपछि राहत स्वरुप चामल, दाल, नुन, तेल, सावुन, बिस्कुट लगायतको खाद्यन्न वितरण गरिएको बताए । यसैबीच सुनसरी युथ क्लबले समेत भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रमा विपन्न समुदायलाई खाद्यान्न सहयोग गरेको जनाएको छ । उक्त संस्थाका सचिव सेराज मियाका अनुसार सुनसरी युथ क्लबले भोक्राहा र इनरुवा क्षेत्रका अति विपन्न समुदायलाई जीवन निर्वाह गर्न आवश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो ।