धरान । एञ्जोलिना जोलीले कोरोनाभाइरसको महामारीमा एक मिलियन अमेरिकी डलर दिने घोषणा गरेकी छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाबाट प्रभावित बालबालिकालाई लक्षित गर्दै उनले रकम दिने घोषणा गरेकी हुन् । उनले ‘नो किड हग्री अर्गनाइजेसन’ लाई रकम दिने घोषणा गरेकी छन् । उनले कोरोनाका कारण अहिले लाखौं विद्यार्थीहरू स्कुलको पहुँचमा छैनन् । जसका कारण ती बालबालिकाहरूलाई पोषणयुक्त खानाको आवश्यकता पर्ने उनले उल्लेख गरेकी छन् ।

त्यसो त सहयोग गर्नेमा उनी एक्ली सेलिब्रेटी भने होइनन् । उनीजस्ता अमेरिकन सेलिब्रेटीहरू थुप्रैले कोरोनाभाइरसबाट बच्नका लागि भनेर करोडौं रकम सहयोग गरिरहेका छन् । रिहाना, आर्नोल्ड स्वाजनेगरलगायतले पनि सहयोग दिने घोषणा गरिसकेका छन् ।