भद्रपुर । झापामा २ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् । एक जनालाई आइसोलेसनमा राखिएको छ ।

२ सय होम क्वारेन्टाइनमा छन् भने अन्य ७ वटा पालिकाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईँले जानकारी दिए । चौलागाईँले दिएको जानकारी अनुसार मेचीनगर नगरपालिकामा २७, झापा गाउँपालिका र कनकाई नगरपालिकामा ८–८ जना, बिर्तामोड र गौरादह नगरपालिकामा एक–एक जना रहेका छन् ।

त्यसैगरी अर्जुनधारा नगरपालिकामा ५ र कचनकवल गाउँपालिकामा ४ जना रहेको उनले जानकारी दिए । हालसम्म भद्रपुरस्थित मेचीअञ्चल अस्पतालमा एक जना आइसोलेसनमा रहेको उनले बताए । उनको स्वाब परीक्षणका लागि एम्बुलेन्समार्फत् बुधबार काठमाडौं पठाइसकिएको छ ।