उदयपुर / आगलागीबाट उदयपुरमा करिब १५ लाख बराबरको क्षति भएको छ । त्रियुगा नगरपालिका–२ जोगीदहका हर्कबहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो ।
घरमा बिद्युत सर्ट भई अचानक हिजो दिउँसो साँढे ३ बजे आगलागी हुदा सेन्टिबेराको २ तले कच्ची घर, गोठमा रहेको १ वटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो प्रहरी र स्थानीयवासीको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा लिएको थियो भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।