धरान । सलमान खानले होस्ट गर्दै आएको बिग बोस–१३ की आरती सिंहले कोरोनाभाइरसका कारण आफ्नो जन्मदिन पार्टी स्थगन गरेकी छन् ।

बिगबोसमा टप ५ मा पर्न सफल सिंहले माल्दिभ्समा मनाउन लागेको जन्मदिन पार्टी स्थगित गरेकी हुन् । एप्रिल ५ मा दिन उनको जन्मदिन पर्छ । त्यस दिनलाई उनले विशेष रूपमा मनाउन लागेकी थिइन् । उनले जन्मदिन पार्टीलाई अर्को मितिका लागि सारेकी छन् । उनले जन्मदिन पार्टी माल्दिभ्समा राख्नको कारण चाहिँ उनको आमा त्यही देश नागरिक हुन् ।

पिन्कभिल्ला पत्रिकालाई जानकारी दिँदै उनले कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै आफ्नो जन्मदिन सारेको बताएकी छन् ।

कोरोनाभाइरसका कारण भारत सरकारले पनि लकडाउन गरिसकेको छ । जसका कारण उनी अहिले घरकै काममा व्यस्त हुने गरेको बताएकी छन् । पिन्कभिल्लालाई अन्तरवार्ता दिँदै उनले भनेकी छन्, ‘१२–१३ घण्टा समय घरभित्रै बिताइरहेकी छु, कहिले खाना पकाउछु, कहिले काम गर्छु । यसरी नै दिनहरू बताइरहेकी छु ।’