धरान  / सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन आजदेखि एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज विहान १० बजेबाट चैत १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सामान आयत निर्यात भने नरोकेको जनाएको छ ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री ड युवराज खतिवडाले तत्काललाई आवागमन बन्द गरिएको बताए । देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि आजबाट रोकिनेछ ।