धरान / धरान उपमहानगरपालिका वडा नं. १२ ले आफ्नो वडावासीहरुलाई कोरोना तथा डेङ्गुबारे सचेत गराउन आजदेखि अभियान थालेको छ ।
कार्यवहाक अध्यक्ष ब्रहमज्ञ भट्टराईको नेतृत्वमा कर्मचारी, जनप्रतिनिधीहरुसहितको टोलीले हातधुने विधी, घरमै सेनिटाइजर बनाउने विधी सिकाएको छ । भट्टराईका अनुसार वडा कार्यलयदेखि शुरु भएको अभियान उपमहानगरको कार्यालय अगाडी, छाता चोक, अमान बजार, कलेज रोडलगायत स्थानका स्थानीयलाई कोरोनाबारे सचेत गराएको थियो ।
केन्द्रीय प्रविधी क्याम्पस हातिसारका माइक्रोवाइलोजीका विद्यार्थीहरुले सेनिटाइजर बनाउने तरिका सिकाएका थिए । यस्तै न्युट्रेसनका विद्यार्थीहरुले पोषणयुक्र खाने कुराबारे जानकारी गराएका थिए ।
३० वटा भन्दा बढि ठेलामा राखेर चटपटेलगायतको व्यवसाय गर्नेहरुलाई माक्स तथा एप्रोन वितरण गरिएको छ । उनीहरुलाई आफुले बनाएको सामानलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा नजप्रतिनीधी स्वयम पुगेर प्रशिक्षण दिएका थिए । १२ नं. वडा क्षेत्रका होटलहरुमा सामुहिक रुपमा प्रयोग हुने हुक्कालगायतका कुरा बन्द गर्नसमेत निर्देशन दिइएको कार्यवहाक अध्यक्ष भट्टराईले बताए ।

corona2 corona1 1