उर्लाबारी / उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने भएको छ । अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निर्माण गर्ने निर्णय सहितको प्रतिवेदन स्वस्थ्य कार्यालय मोरङलाई पठाएको छ ।

प्रदेश नं.–१ को सामाजीक बिकास मंन्त्रालयले मंगलबारे अस्पतालमा ट्रमा सेन्टर निर्माणको लागि चालु आर्थीक बर्षमा २ करोड रकम बिनीयोजन गरेको छ । ट्रमा सेन्टर निर्माण पछि दुर्घटना सम्वन्धीका सवै बिरामीहरुले उक्त सेन्टरमा सहज स्वस्थ्य सेवा पाउने छन ।

सो मन्त्रालय अन्र्तगतको रहेको स्वस्थ्य कार्यालय मोरङका कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले हस्ताक्षर गरी सो अस्पतालको नाममा मिति २०७६ साल चैत्र गते पठाएको च.नं. ५७२ नं.को पत्रमा ट्रमा सेन्टर निर्माण स्थल सहित निर्णय गरी पठाउन भनीएको छ ।

पूर्व–पश्चिम राजमार्ग सँगै जोडीएका अस्पतालका ट्रमा सेन्टरको निर्माण लागि भएको पहलले सार्थकता पाएको बताउदैँ व्यवस्थापन समितिको अध्यक्ष भानुभक्त शर्मा पराजुलीले निर्माण प्रक्रिया पुरा गरी चालु बर्षको असार मसान्त सम्ममा दुई करोड बरावरको कार्य संम्पादन हुने बताएका छन ।

अध्यक्ष पराजुलीले सो सेन्टरका लागि आगामी बर्षमा पनि प्रदेश सरकारले बजेटलाई निरन्तरता दिने बताउदैँ स्वस्थ्य क्षेत्रमा मंगलबारे अस्पतालले गुणस्तरिय स्वस्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन ।

गत महिना देखि अप्रेशन सेवा समेत शुरु गरेको ५० शैयाको सो अस्पतालमा अव शुरु हुने ट्रमा सेन्टर नेपालकै दोस्रो भएको स्वस्थ्य कार्यालय मोरङका कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले बताएका छन । नेपालका पहिलो ट्रमा सेन्टर बिर अस्पताल काठमाण्डौमा संचालन हुदैँ  आएको छ ।