ब्लाष्टखबर । चीनाबाट फैलिएकाे मानिएकाे केराेना भाइस (कोभिड–१९) केहि दिन देखी चीनमा नयाँ संक्रमण तथा मृत्युदरमा कमी अाइरहदाँ युराेपीयन देशहरूमा महामारीकाे रूपमा फैलदाे रहेकाे छ । केहि दिन यता युरोपमा दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखीन थालेकाे छ भने  नयाँ मृत्यु हुनेमा पनि युरोप अगाडि रहेकाे छ ।

मंगलबार विश्वभर कोभिड–१९ का १५ हजाभन्दा बढी नयाँ संक्रमित देखिएकाेमा  करिब ११ हजार नयाँ संक्रमण युरोपमा देखिएको छ।

यस्तै ५ सय बढीको मृत्यु भएको छ ।  मंगलबार एकै दिन इटालीमा यो भाइरसको कारण ३४५ जनाको ज्यान गएको थियो । चीनपछिको सबैभन्दा प्रभावित मुलुक इटालीमा भाइरसको कारण मृत्यु हुनेको संख्या २ हजार ५०० कटिसकेको छ ।

 यूरोपकै  दोस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा काेराेनाका कारण मृत्यु हुनेको संख्या ५३३ पुगिसकेको छ । मंगलबार मात्र स्पेनमा १ हजार ८०० भन्दा धेरै नयाँ संक्रमित देखिएका थिए ।

मंगलबार जर्मनीमा करिब २ हजार १०० मानिसमा नयाँ संक्रमित देखिएका थियाे । मंगलबार नै जर्मनी ९ जनाकाे मृत्यु भएकाे थियाे । बेलायतमा पनि मंगलबार १६ जनाको ज्यान गएको थियो भने झण्डै ५०० जनामा नयाँ संक्रमण देखिएको छ ।  फ्रान्समा पनि एक हजारभन्दा धेरै संक्रमित पाइएका छन् भने २७ जनाले ज्यान गुमाएका थिए ।

एकै दिनमा ११ हजारभन्दा बढी मानिसमा नयाँ संक्रमण देखिनुले युरोपमा कोभिड–१९ को प्रकोप र त्रास झनै बढाएको छ । यो भाइरस नियन्त्रणको लागि भन्दै युरोपेली मुलुकले ३० दिनका लागि आफ्नो मुलुकमा आउजाउ गर्न प्रतिबन्ध लगाएका छन् ।

त्यस्तै यो भाइरसको कारण धराशयी बनेको अर्थतन्त्रमा सुधारको लागि भन्दै बेलायतले ४ खर्ब डलरको सहुलियत ऋणको योजना अघि सारेको छ । अर्थमन्त्री ऋषि सुनाकले कमजोर आर्थिक अवस्था भएका मुलुकलाई उक्त ऋण प्रदान गरिने बताएका हुन् ।

स्राेत अनलाइन