भद्रपुर । झापाको हल्दीबारीमा दुई हप्ताबाट शुरु भएको सेनेटरी प्याड,बच्चाका डाइफर र झोला बनाउने तालिम सम्पन्न गरिएको छ ।

गरिवसँग विश्वेश्वर कार्यक्रम झापाको सहयोग तथा हल्दीबारी गाउँपालिकाको आयोजनामा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न गरिएको हो ।

वडा नम्बर ३,४ र ५ का लक्षीत वर्गका महिलाहरुलाई सीप तालिम प्रदान गरिएको थियो । प्रत्येक वडाबाट तीनजनाका दरले १५ जना महिलालाइ वडा नम्बर ४ मा १५ दिने तालिम शुरु गरिए पनि १३ जनाले तालिम लिएका थिए ।

वडा नम्बर ४ अध्यक्ष होमप्रसाद चुडाको सभापतित्व तथा पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सहभागिलाइ प्रमाण पत्र र दुइजना प्रशिक्षकलाइ प्रसंसा पत्र वितरण गरिएको थियो । कार्यपालिका सदस्य शर्मिला विकले स्वागत गरेको कार्यक्रममा गरिवसँग विश्वेश्वर कार्यक्रमकी झापा समन्वयकर्ता सम्झना लोहनी, कार्यपालिका सदस्य गिता भण्डारी,  पालिका कर्मचारी राजन न्यौपाने, सहभागिको तर्फबाट भिमकाला सुहाङ्,प्रशिक्षक मुना अधिकारीले सिकेको सिपलाइ व्यवसायिक वनाइनु पर्नेमा जोड दिएका थिए । गरिबसँग विश्वेश्वर कार्यक्रम हल्दीबारीका परिचालिका मिना उप्रेतीले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

तयारी सेनेटरी प्याड र बच्चाका डाइफर जथाभावी फालेर वातावरणमा असर पुर्याएको भन्दै सो सामानलाइ विस्थापित गर्न घरेलु तालिम शुरु गरिएको थियो ।  निर्माण गरिएका सामान एउटा एकवर्षसम्म पटक– पटक धुएर लगाउन मिल्ने गरी तयार गरिको जनाइएको छ । सीप र रकम अभावका कारण वेरोजगार भइरहेका लक्षीत वर्गका महिलाहरुलाइ यो तालिम दिइएको थियो । सुतीका कपडाबाट निर्माण गरिएका सामग्री सहभागिले खरिद गरेका थिए ।

 चालु आर्थिक वर्षमा विश्वेश्वरबाट आएको २ लाखको बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको थियो । झापमा रहेका १५ स्थानीय तहमध्ये मेचीनगर,शिवसताक्षी ,विर्तामोड र गौरादह नगरपालिका र कचनकवल,बुद्धशान्ती हल्दीबारी र बाह्रदर्शि गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम सञ्चालन भइरहेका ८ वटा पालिकामा ११ जना परिचालिका मार्फत गरिब तथा विपन्न समुदायमा समूह वनाएर महिला स्वरोजगार बनाउने यसको मुख्य लक्ष रहेको छ । वि.सं. २०५७ सालबाट लागू भएको यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेपनि ओझेलमा परेकोले स्थानीय तह सञ्चालनमा आइसकेपछि वडा मार्फत यसको प्रभावकारिकता देखिन थालेको छ ।