लक्ष्मीमार्ग । युवा जागरण अभियान नेपाल बेलबारीले विश्वमा महामारीका रुप लिईरहेको कोरोना भाईरसका बिरुद्ध जोखिम न्युनिकरणका लागी पहल गर्न माग गर्दै बेलबारी नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।
बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली र प्रबत्ता योगेन्द्र सुवदीलाई सोमबार युवा जागरणका अध्यक्ष सुजित बस्नेत लगायत अन्य पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा उनीहरुले कोरोना संक्रमणको जोखिम बिरुद्ध पुर्व तयारी गर्नुपर्ने, बजार अनुगमन गरी अत्याबश्यक सामाग्रीहरुकृतिम अभाव सिर्जना हुन नदिन प्रभावकारी कदम चाल्नुपर्ने,ग्याँस,पेट्रो,खाद्यन्न,औषधी,माक्स लगायतका सामाग्रीहरुको बिक्री बितरण सहज बनाईनुपर्ने लगायतका माग रहेका छन ।
ज्ञापनपत्र बुझदै बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र सुवेदीले सोमबारबाट बजार अनुगमन गर्ने र कृतिम अभाव सिर्जना हुन नदिने प्रतिबद्धता जनाएका छन भने बेबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले कोरोना संक्रमणका बिरुद्ध बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको र पुर्ब तयारी समेत गरिरहेको बताएकी छिन ।