Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • पोर्चुगलमा एक नेपालीलाई कोरोना सङ्क्रमण, ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियाे

पोर्चुगलमा एक नेपालीलाई कोरोना सङ्क्रमण, ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियाे

alt
  • चैत ३, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका छन् । नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो ।

यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना सङ्क्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन ।

नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए । उनले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि रेका छन् ।

उनका अनुसार कोरोना सङ्क्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ ।

फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गरेका छन् । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट सङ्क्रमित भएको बताइएको छ ।

सम्बन्धित समाचार
नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टर ...

मोरङमा बढ्दो हात्ती आतङ्क, छैन व्यवस्थापनको योजना

विराटनगर । पछिल्लो समय मोरङमा मानव र हात्तीबीचको द्वन्द्वको बढेर गएको छ । ह ...

जङ्गल क्षेत्रमा मोबाइल नेटवर्क विस्तार

काठमाडौं ।  पूर्व–पश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक–खण्डको जङ्गल ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेका डाक्टरको मृत्यु
मोरङमा बढ्दो हात्ती आतङ्क, छैन व्यवस्थापनको योजना
जङ्गल क्षेत्रमा मोबाइल नेटवर्क विस्तार
लागूऔषधसहित धरानबाट पाँच पक्राउ
प्रतिष्ठानमा फोक्सोको क्यान्सरको नयाँ प्रविधिबारे छलफल
दुई पाङ्ग्रे चालकसँग सडकमै ‘दुई मिनेट’ संवाद
आजको राशिफलः २०८२ साल पुस ६ गते आइतबार
बम पड्काउने लाइभ अन्तरवार्ता दिएका थिए निलम्बित उपाध्यक्षले
पितृश्राद्ध स्थलको पार्किङ व्यवस्थापनमा छैन चासो
एकतर्फी प्रेमले बुनिएको अपराध
सङ्घीयताको मर्म बुझौं
आजको राशिफलः २०८२ साल पुस ४ गते शुक्रबार
एक्सपेल फिर्ता लिन हात्तीसारका स्ववियु सचिवको प्रशासनलाई बारम्बार दबाव
सुनचाँदीको मूल्य बढेकोबढ्यै
फलोअप–धरान बसपार्कः विगतमा विवाद, अहिले ठेक्कामा समस्या
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved