देउराली । मिस नेपाल २०२० को धरान अडिसन चैत ४ गते बिहान ११ः३० बजे  धरान ८ स्थित गोरखा किचन को सभाहलमा हुने भएको छ । मिस नेपाल २०२० छान्न पूर्व मिस नेपाल निकिता चन्दक लगायत हिडेन ट्रेजर टोली धरान आइपुगेको छ । अत्मा विश्वासका साथ केहि गर्ने चाहना भएका युवतीहरुकालागी सहि प्ल्याटफम भएकाले आफूमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्पुटन गर्न कार्यक्रममा सहभागी हुन धरान अडिसनकी निर्णयक समेत रहेकी पूर्व मिस नेपाल निकिदा चन्दकले आग्रह गरेकी छिन् ।

अडिसनमा सहभागी हुन रजिष्ट्रेशन फि जम्मा दूई हजार लाग्ने आयोजक टिमले जनाएको छ  । छनोट भएपश्चात मिस नेपालको अवधिभर लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने आयोजकले बताए । सम्पूर्ण क्षेत्र समुदायका प्रतियोगीहरुलाई प्रतिस्पर्थामा ल्याउन यसपालि काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीका गरी देशै भरका ८ वटा शहरहरुमा अडिसन गरिने आयोजकले जनाए ।

मिस नेपाल प्रतियोगीतामा प्लस टु उत्तीर्ण गरेका  १८ देखि २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ भएका युवतीहरुलाई सहभागी गराइने छ । मे १५ तारिख काठमाडौँमा हुने मिस नेपाल प्रतियोगितामा मिस पूर्वाञ्चल, मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले सिधै इन्ट्री पाउनेछन् । यस वर्ष पुरुसकार राशी दुई लाख ५० हजार रुपैयाँ सहित त्रैमासिक भत्ता समेत पुरस्कारको रुपमा प्रदान गरिनेछ ।

२०१७ की मिस नेपाल निकिता चन्दक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले धरान अडिसनबाट प्रतियोगीहरु छनैट गर्ने छन् ।