धरान / अस्पताल बसेर फर्किएको भोली पल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएका छन ।
त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न आज निर्देशन दिएका हुन ।
 विरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय वेडको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन ।
कोरोनाविरुद्ध लड्ने सरकारी पूर्व तयारीबारे प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरु बोलाएर रिर्पोङ लिएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा कोरोनाविरुद्ध सहकार्य र साझा रणनीति तय गर्ने तयारी थालिएको छ । सार्क सदस्य राष्ट्रबीच तत्काल उच्चस्तरीय भेटवार्ता सम्भव नभएकाले आगामी रणनीति बनाउन भिडियो कन्फेरेन्सको तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।