धरान/ कोरोना भाइरसको प्रभावले विश्वलाई आतङ्कित बनाइरहेको छ । यसले सबैजसो क्षेत्रलाई प्रभाव पारिरहेको छ ।

आर्थिक, मनोरञ्जन, उद्योग, व्यवसायलगायतका विभिन्न क्षेत्रलाई प्रभाव पारिरहेको सर्वविदितै छ । यही क्रममा कोरोनाको प्रभाव हलिउडका नायकमा पनि देखापरेको छ ।

चर्चित अभिनेता टम ह्याक्स र उनकी पत्नी रीटामा कोरोनाको सङ्क्रमण देखापरेको हो । केही दिनदेखि बिरामी परेका उनीहरूले परीक्षण गराउने क्रममा सो पुष्टि भएको छ ।

उनीहरूको रिपोर्ट पोजेटिभ देखाएपछि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको हो । अभिनेता टमले नै ट्वीट गरेर यसबारे जानकारी गराएका छन् ।

उनीहरूलाई आइसोलेसनमा राखेर निगरानी बढाइएको छ । अहिलेसम्म कोरोनाबाट विश्वमा ४ हजार भन्दा बढीको ज्यान गइसकेको छ । मृत्यु हुने सबैभन्दा बढी ६० वर्ष माथिका रहेका छन् ।