धरान/ समलिङ्गी प्रेमकथा रहेको जुनेली रात गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजले समलिङ्गी प्रेमलाई सहजरूपमा अस्वीकार गरे पनि भिडियोमा भने स्वीकृत गरिएको देखाइएको छ । भिडियोमा दुई महिलाबीचको विषयमा गीत बनेको छ ।

गीतको भिडियोमा गायिका एवम् नायिका स्मृति पोखरेल र अर्की मोडल नम्रता पौडेललाई फिचर्ड गरिएको छ । महिला–महिलाबीचको शारीरिक मोहलाई देखाइएको छ ।

गीतमा गोविन्दप्रसाद उपाध्यायको रचना रहेको छ भने स्वर स्मृति पोखरेलको रहेको छ । गीतमा अनिश श्रेष्ठको सङ्गीत रहेको छ । गीतको भिडियो ललित थापाको निर्देशनमा बनेको छ । गीत काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । गायिका एवम् नायिका स्मृति लामो समय विभिन्न देशमा बस्दै आएकी थिइन् ।