धरान/ फिल्म उद्योगमा पछिल्लो समय सिक्वेल फिल्मको बाढी नै आएको छ । बलिउडमा मात्रै होइन, कलिउड उद्योगमा पनि सिक्वेल फिल्महरू थुप्रै बनिसकेका छन् ।

त्यस मामलामा बलिउड उद्योग नेपालभन्दा केही अगाडि छ । यही क्रममा ऋतिक रोशनको फिल्म ‘क्रिस’ को अर्को सिक्वेल पनि बनिन लागेको छ ।

क्रिस–३ सम्म आइसकेको फिल्मको चौथो सिक्वेल पनि बन्न लागेको छ । ऋतिकको यो फिल्ममा नायिकाको रूपमा भने दीपिका पादुकोण रहने भएकी छन् ।

यी दुई भर्खरै इन्टरनेटमा भाइरल बनेका छन् । उनीहरूले केक खाँदै गरेको भिडियो भाइरल बनेको छ । बताइन्छ कि उक्त भिडियो क्रिस–४ को तयारीका लागि भइरहेको छ ।

उनीहरू एक साथ देखिनुमा फ्यानहरूले पनि नयाँ फिल्मको तयारी भएको बुझ्न थालेका छन् । फिल्म कहिले रिलिज हुने भन्ने तिथिमिति तय नभए पनि फिल्मले फेरि एकपटक तहल्का मच्चाउने विश्वास गरिएको छ ।