धरान/ प्रविधि र इण्टरनेटको दुनियाँका कारण मनोरञ्जनको क्षेत्रले पनि उल्लेख्य फड्को मारेको छ । अहिले कलाकारहरू सामाजिक सञ्जालमा बढी व्यस्त हुने गरेका छन् ।

चल्तीका कलाकारहरू पनि सामाजिक सञ्जालमा आफ्ना फ्यान फलोइङ बढाउन व्यस्त छन् । त्यसक्रममा दक्षिण भारतीय कलाकार राय लक्ष्मीले आफ्नो बोल्ड फोटोसुटका कारण फ्यान फलोइङ बढाउनका लागि व्यस्त छिन् । तस्बिरमा निकै कामुक देखिएकी उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरिएको तस्बिर एकाएक भाइरल बनिरहेको छ ।

भारतीय उद्योगमा दक्षिण भारतीय कलाकारहरूको राम्रै पहुँच रहेको छ । तर, उनी बलिउड उद्योगमा भने प्रवेश गरिसकेकी छैनन् । उनी दक्षिण भारतीय फिल्ममै व्यस्त रहेकी छन् । बिकनीमा देखिएकी उनलाई फ्यानहरूले थुप्रै खाल्का प्रतिक्रिया दिएका छन् । हाल उनलाई इन्स्टाग्राममा मात्रै २ दशमलव ५ मिलियन फ्यानहरूले फलोइङ गरिरहेका छन् । यस फोटोसुटका कारण थप फलोअर्स बढ्ने विश्वास गरिएको छ ।