पथरी / ग्यासको सिलिन्डरको विस्थापन गर्ने उद्देश्य अनुरुप मोरङको कानेपोखरी गाउँपालिका (६, स्थीत रमाइलोमा होम वायो ग्यासको उद्घाटन भएको छ ।

होम बायो ग्यासको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले स्थानीय तेजेन्द्र पराजुलीको घरमा जडान गरिएको ग्यासको बटम अन गरी बालेर उद्घाटन गरेको हो ।

होम बायो ग्यासको उद्घाटन गर्दै अध्यक्ष काफ्लेले नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वायोग्यास प्लान्टबाट ग्यास सिलिण्डर विस्थापन गर्ने उद्घोष एक बर्ष अघि गरे अनुसार कानेपोखरीमा पनि सुरु भएकोले सबैले प्रयोग गर्न आग्रह गरेका थिए । ग्यास सिलिण्डरको विश्पोटनको जोखिमबाट बच्न पनि होम वायो ग्यास राख्नु पर्ने बताए । अहिले रमाइलोमा यो ग्यास जडान भएपछि हेर्नेको भिड रहेको छ ।

इजरायल प्रविधिको ग्रिन ऊर्जा मल्टी कम्पनीबाट इजरायलको सहयोगमा होम वायो ग्यास नेपालमा भित्रीएको छ । कानेपोखरीमा ७ घनमिटरको वायो ग्यास सुरु गरेको हो । ५ बर्षे ग्यारेन्टी भएको होम बायो ग्यास अहिले यसको बजारीक मूल्र्य ६५ हजार रहेको छ । घामपानीले केही नहुने ५ बर्ष भित्र होम वायो ग्यासको बाकस च्यातेमा कम्पनीले फेरीदिने होम वायो ग्यास १ नम्बर प्रदेशको प्रमुख श्रीमन्त भटट्राईले बताए ।

वायो ग्यासको आयु १५ बर्षे भएको कम्पनीले ग्यारेन्टी गरेको छ । यो ग्यासको चुल्हो पनि इजराईलबाटै आउँने भएकोले अरु ग्यासको चुल्होले काम नगर्ने बताएका छन् । यो ग्यास बाल्न खाल्डो खन्न नपर्ने, घरको छत र कोठमा पनि राख्न सहिने कुहिने जुनसुकै फोहोरबाट ग्यास उत्पादन हुने गरेको छ ।

यो होम वायो ग्यास ३ प्रकारको रहेको छ । ७ घनमिटर, ४ घनमिटर र २ घन मिटर गरी तीन ब्राण्डको रहेको छ । ४ घन मिटर लाई ५५ हजार र २ घन मिटरलाई ४५ हजार पर्ने कम्पनीले बताएका छन् । अहिले ८ वटा देशमा सुरु भएको छ । नेपालमा भित्रीएको ७ महिना भएको हो । मोरङमा पहिलो पटक हो ।

सुनसरीको रामधुनि नगरपालिकामा २९ वटा र धनकुटामा ४५ वटा वायो ग्यास पालिका मार्फत राखिसकेको संघले बताएका छन् । दैनिक गोवर वा फोहोर लगाउनु पर्ने बताएका छन् ।

सहरी क्षेत्रमा फोहोर व्यावस्थापन समस्या हुने भएकोले घरको छटमा २ घनमिटरको राखेर ग्यास बाल्न सकिने छ । यो गोवरमात्र नभएर भान्साबाट निस्किएको फोहोर र तरल प्रकारको फोहोर यो होम वायो ग्यासमा गाईको गोवरको रुपमा प्रयोग गर्न सकिने प्रदेशको प्रमुख भटट्राईले बताए । होम वायो ग्यास संघको कार्यालय काठमाडौंको सातदोवाटोमा रहेको छ । अव १ नम्बर प्रदेश अन्तरगत विर्तामोडमा कार्यालय राखिने बताए ।

वायो ग्यास संघ केन्द्रिय सदस्य तथा मुनाल वायो ग्यासका संचालक कमल बहादुर खड्काले सपसिटिको समस्या रहेको बताए । ९९ प्रतिशत काम भैरहेको बताउँर्दै काम भएमा क्रेताले धेरै राहत पाउँने बताए । उनले बधशालामा पनि माग रहेको छ । यो ग्यास जेमा पनि प्रयोग गर्न सकिने छ ।

सपसिटि तथा अहिले कम्पनी अनुदानको प्रक्रियामा रहेकोले नेपाल सरकारले अनुदान दियो र स्थानीय सरकारले अनुदान दियो भने ७ घनमिटरको होम वायो ग्यासलाई उपभोक्ताले खरिदगर्दा २५ हजारमा आउने बताए ।
यसमार्फत खाना पकाउन सजिलो हुने र सजिलै बोकेर सबैतिर लैजान समेत सकिन्छ । यो ग्यास राख्दा ट्याक्स तिर्नु नपर्ने र बिना रोकावट ८ घण्टा चल्नेछ । गोवर वा लेदो फोहोर लगाउँने ठाउँ रहेको र अर्को तीर लेदो फ्याक्ने ठाउँ छ । यो नाउँ आकारको रहेको वायो ग्यासको लल्लो भागमा तरल पर्दाथ वा लगाईएको फोहार रहने गरेको छ । र त्यस भन्दा माथील्लो भागमा ग्यास हुने गरेको छ ।