देउराली । कोरोना भाइरसका कारण बजार वन्द हुने अथवा आयात बन्द हुने बजार हल्लाका कारण उपभोक्ताहरुले खाद्य तथा उपभोग्य बस्तुहरुको सञ्चय गर्न थालेपछि व्यापारीहरुले कृतीम अभाव सिर्जना गरेर बढि मुल्यमा विक्री गर्ने गरेको भन्दै जनगुनासो आइरहेको बेला धरान स्थित पुतलीलाइनमा सुविधा ग्यासको विक्री गर्दै आएको ग्यास कन्सनले आफूहरुले सरकारले निर्धारण गरेको मुल्य १३ सय ५५ मै उपभोक्तालाई वितरण गर्ने गरेकाे नविनकुमार आचाजुले जानकारी दिए ।  

कन्सन संञ्चालकले कोरोना भाइरसलाई लिएर बजार हल्ला बढेसंगै ग्राहकहरुमा माग बढेको बताउदै संञ्चय गर्नका लागी आवश्कता भन्दा ज्यादा सिलिन्डर लाने गरेको भए पनि सुविधा ग्यासमा कुनै अभाव नभएको जनाएका छन् । उनले अन्य ग्यास डिलरहरुको अवस्थाको वारेमा जानकारी नभएको बताउदै सुविधा ग्यासमा अभाव सिर्जना हुने अवस्था बारे कम्पनिले कुनै जानकारी नगराएको बताएका छन् ।

हिजो भएको बजार अनुगमनका क्रमा केहि स्थानमा १५ सय प्रति सिलिन्डरका दरले विक्री भइरहेको समाचार आएको भए पनि आफूहरुले त्यस्तो नगरेको र अनुगमन टोलीलाई स्पस्ट रुपमा सरकारले तोकेको दर अनुसार नै विक्री गरेका जानकारी गराएको बताएका छन् । दैनिक १५० सिलीन्डर विक्री गर्ने गरेकोमा केही दिन यता माग बढेकाले औसत  २०० सिलिण्डरसम्म विक्री हुने गरेको बताए ।

हिजो भएको अनुगमन टोलीले मुचुल्कामा नियमित ग्यास वितरण गर्न र स्टोक राखेर बजारमा अभाव नदेखाउन सुझाव दिएर गरेको भए पनि अनुगमन टोलीले मिडियालाई गलत सूचना दिएर कम्पनिकाे बदनाम  गरेको पनि आचाजुले गुनासो गरेका छन् । बजारमा कसैले बढि मूल्य लिएर ग्यास विक्रि गरे तत्काल कार्वाही गर्न समेत उनले माग गरेका छन् ।