पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माणको काम अघि बढेको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा पथरीको गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो ।

प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँमा मादी आरकेडा कन्ट्क्सन इटहरीले ठेक्कामा लिएको छ । ०७७ जेठ ३० गतेसम्ममा सम्पन्न गर्न सम्झौता भएको छ ।

बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । वधगर्ने र प्रसोधन गर्ने व्यवस्थितस्थल बन्नेछ ।