धरान/मिस वल्र्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेकी छन् । बिहीबार नेपाल आएकी टोनीलाई स्वागत गर्न मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल पुगेकी थिइन् ।

मिस नेपाल अनुष्का श्रेष्ठको पहलमा हिडन ट्रेजर र नेपाल पर्यटन बोर्डको सहकार्यमा टोनी नेपाल आएकी हुन् । जमैकाकी टोनीसँगै मिस वल्र्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लससमेत नेपाल आएका छन् ।

उनीहरू विशेष गरेर नेपालमा मिस वल्र्ड प्रतियोगिता आयोजनाको सम्भाव्यता र ब्युटी विथ पर्पोज अवार्ड विजेता शृङ्खला खतिवडा (२०१८) र अनुष्का श्रेष्ठ (२०१९) द्वारा सञ्चालनमा रहेका प्रोजेक्टहरूको अवलोकनका लागि नेपाल आएको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।

उनीहरू तीन दिन नेपालमा रहनेछन् । हिडन ट्रेजरको २५ औं वर्षगाँठ र नेपाल भ्रमण वर्षको संयोगका बीच निमन्त्रणा गरिएका उनीहरूले शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेल र मिस नेपाल अनुष्काद्वारा हेलम्बुको सोस्लिङमा सञ्चालनमा रहेको प्रोजेक्टका अवलोकन गर्नेछन् ।

त्यसैगरी अघिल्लो वर्षकी मिस नेपाल शृङ्खला खतिवडाद्वारा सञ्चालनमा रहेको प्रोजेक्ट अवलोकन गर्न उनीहरू मकवानपुर पुग्नेछन् ।