ब्लाष्टखबर । प्रदेश १ मा विभिन्न साहसीक पर्यटनकाे व्यावसायीक सुरूवात भएकाे धरानमा अर्काे  साहसिक पर्यटनकाे रूपमा जिपलाइनको शुरुवात हुने भएको छ  ।

६ सय ५० मिटर लम्बाईकाे  ३ करोडकाे लागतमा सम्पन् भएकाे  धरान ४ भेडेटारबाट देवीथानसम्म हुने जिपलाइनकाे शनिबारबाट औपचारी सुरूवात हुने सञ्चालकहरूले जानकारी गराएका छन्र ।

काभ्रेको धुलिखेलमा जिपलाइन सञ्चालन गरीरहेकाे वल्र्ड वाइड ग्रुप नेपाल प्रा .लिले धरानमा पनि सञ्चालनमा ल्याउने तयारी गरेकाे हो । उक्त जिपलाइन शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने छन् ।

जीपलाइन संञ्चालनमा अाएसंगै भेडेटार र धरानकाे पर्यटकीय गतिविधि बढाउने निश्चित रहेको वल्र्डवाइड प्रालिका केदारबहादुर थापाले बताएका छन् ।  ३० देखि ४० सेकेण्ड समयकाे हुने उक्त  जिपलाइन १० वर्षा माथिकाले वा अभिभावकसंग कम उमेरकाले पनि जिपलाइन गर्न सक्ने बताइएकाे छ । जिपलाइन गर्ने सहसिक पर्यटकहरुमा ५ लाखका विमा गरीएकाे बताएकाे छ । 

विभिन्न ३ प्रकारकाे जिपलाइन खेल मा १२ सय देखी २ हजार सम्म शुल्क लाग्ने सञ्चालक थापाले बताएका छन्र ।