ताप्लेजुङ / बुहारी हत्याको आरोपमा पक्राउ परेका पूर्णबहादुर लिम्बूलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । गत माघ २४ गते पाथिभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बूकी ३५ वर्षीय सुकमाया लिम्बूलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका लिम्बूलाई बुधवार पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
४५ वर्षीय लिम्बूले जग्गा विवादमा आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरेका थिए । उनलाई जिल्ला अदालत ताप्लेजुङको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।