धरान । पुर्वञ्चलको पर्यटकिय गन्तब्य मध्ये इलामको श्रीअन्तु पनि एक हो । यो ठाउँको आफनौ छुटै बिशेषता रहेको छ । विभिन्न ठाउँबाट यस ठाउँमा घुम्न आउनेहरुको पर्यटहरुको धेरै जसो भिड नै लाग्ने गरेका छन ।

यस ठाउँको रमणिय दृष्यहरुको अवलोकन गरेर पर्यटकहरुले मनोरञ्जन लिने गरेका छन । श्रीअन्तुमा आउने पर्यटकहरु लाई यस ठाउँमा रहेको श्रीअन्तु पोखरीले निक्कै आक्र्रषण पर्नै गरेको पाइन्छ । कोही पोखरीमा बोटीङ्ग गरेर रमाइलो गरेका छ त कोही वरपरिको प्राकँृतिक सुन्दरतामा रमाउने गरेका छन ।

यो ठाउँ प्राकँृतिक सुन्दरता भएकोले पनि धेरैजसो पर्यटकहरुको रोजाईमा पर्नै गरेको छ । याहाँ होम स्टे, कटेज र होटलहरु ब्यवस्थित छन भने बाटो रामो्र भएकोले यतायताको पनि सुविधा भएकोल जानआउन सहज छ । नेपालको विभिन्न ठाउँबाट छुटटी बनाउन यो ठाउँमा आउने गरेको छ । श्रीअन्तुकोे पोखरीमा बिशेष गरी रातको समयमा छुटै किसिमको रमणिय दृष्यहरु देख्न सकिन्छ ।

पोखरी वरिपरिको झुलिमिली बन्ती बीचमा पोखरी छेउछेउमा कटेजहरु र चियाबारीले पनि यसको छुटै रमाइलो हुने गरेको छ । श्रीअन्तुमा घुम्न आएका भुमीका सुब्बालाई यो ठाउँ निक्कै रामो्र लाग्गेको बताइन । भैदौ, अशोज, कार्तिक महिनामा पर्यटकहरु बिशेष गरी आउने गरेको श्रीअन्तु पोखरीको छेउमा पसल गदै आउनु भएका स्थानिय ब्यापारी बताउँछन श्रीअन्तुमा पर्यटकहरु बिशेष गरी झुल्के घाम हेर्न पोखरीमा बोटीङ्ग गर्न चियाबारी घुम्न आउने गरेको स्थानिय बासी बताउँछन वास्तमा श्रीअन्तु प्राकृतिक दृष्टिकोणले पनि रमणिय छ ।

त्यसैले धेरै पर्यटकह आउन थाल्लेको छ । यस्तो ठाउँको विकाश गर्ने स्थानिय सरकारले बिशेष ध्यान दिनु आवश्यकता देखिन्छ ।