काठमाडाैं / नेपाल प्रहरीका सई उत्तम कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद दुरुपयोग गरेको भन्दैं अख्तियार अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्वा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार निजले मगध विश्वविद्यालय बोधगया भारतबाट विकम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्रहरु प्रमाणिकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएकोले निज उत्तम कार्कीले राष्ट्रसेवक ओहोदामा बहाल रहने र सो हैसियतले लाभ वा सुविधा पाउने उद्देश्यले उक्त झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेको देखिएको अख्तियारले जनाएको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर अनुसार भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी सहित आरोप पत्र दायर गरिएको प्रवत्ता कोइरालाले जानकारी दिए ।