ब्लाष्टखबर । मंगलबार प्रतितोला ७८ हजार ३ सय कारोबार भएको छापावाला सुन एकैदिन २२ सय रुपैयाँ बढेपछि बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि फागुन १२ गते सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको थियो । यस्तै बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

मूल्य आकासिए पछि बजारमा ग्राहक चहल पहल सून्य रहेकाे व्यावसाथीहरू बताउछन् ।