उदयपुर/ सिमसार तथा पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनको लागि उदयपुरका स्थानीयहरू लागि परेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई थप टेवा पु¥याउने लक्ष्यका साथ कटारी नगरपालिका–५ सिसाघारीका स्थानीयहरू सिमसार तथा पर्यटकीस्थलको संरक्षण तथा प्रवद्र्धनमा लागि परेका हुन् । सिसाघारीका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयको विशेष पहलमा सामुदायिक वन क्षेत्रभित्र रहेको पोखरीलाई व्यवस्थित बनाउँदै नयाँ पोखरी निर्माण गरिएको छ । नेपाल भ्रमण वर्षलाई थप टेवा पु¥याउने लक्ष्यका साथ आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने उदेश्यले सिमसार तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा लागी परेको समितिका अध्यक्ष विष्णुबहादुर खड्काले बताए ।

विश्व सिमसार दिवस उक्त सिमसार क्षेत्रमा भब्यताका साथ मनाइएको थियो । पर्या–पर्यटनसँग सिमसारको विकास गर्नका लागि सबै स्थानीयहरू लागी परेको अध्यक्ष खड्काले बताए । प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै त्यसको प्रवद्र्धन गर्न सके आर्थिक पाटो बलियो हुने भएकाले यसको विकासमा लागी परेको उनले बताए । सिमसार क्षेत्र निर्माण गर्नका लागि पानी र त्यसको पोखरी अनिवार्य भएकाले पोखरीको संरक्षण तथा निर्माणमा लागी परेको अध्यक्ष खड्काले बताए ।

पोखरीको संरक्षण र निर्माणपछि पानीमा आहारा खोज्ने पशुपन्छीहरू र रातको समयमा वन्य जन्तुहरूले पानी खानसमेत आउने गरेको उनले बताए । चरिचरण क्षेत्र हुँदा पहिले र अहिलेमा आकाश पातलको फरक भएको छ । त्यतिबेलाको सुख्खा पाखो पोखरी संरक्षण तथा निर्माणले अहिले नयाँ आयाम ल्याएको छ । पोखरी संरक्षणले सिमासर निर्माण हुन्छ । पोखरीको पानी वन्यजन्तुले खानेदेखि चैत÷वैशाखमा जङ्गलमा डढेलो लाग्दा आगो निभाउन पानी प्रयोग गर्न सकिनेदेखि वातावरणलाई सदावहार हरियाली राखन ठूलो टेवा पु¥याउने अध्यक्ष खड्काले बताए । प्राकृति सम्पदाको संरक्षणका साथ पर्यटकीय क्षेत्रको विकासले स्थानीय स्तरमा आर्थिक स्तर सुधार गर्ने एउटा गतिलो स्रोत भएको उनले बताए ।

सिराहाको मिर्चैया–कटारी–घुर्मी–हलेसी बाह्य साइकिलिङ रुट भएकाले वर्षेनी बाह्य पर्यटकहरु कटारी भित्रिने गर्दछ न् । कटारी भित्रिएका बाह्य पर्यटकलाई उक्त क्षेत्रमा ल्याउन सके एक दिन बस्ने पर्यटक दुई दिन बस्ने र पर्यटकीय क्षेत्रको विकास चाँडो हुने अध्यक्षले बताए । अहिले सिमसारको अवलोकन गर्न दैनिक आन्तरिक पर्यटकको निकै बाक्लो चाप हुने गरेको उनले बताए । सिमसार क्षेत्र तथा पर्यटकिय विकासको लागी कटारी नगरपालिकाले बजेट नै विनियोजन गरेर थप विकास गर्ने नगरपालिकाले जनाएको छ । स्थानीयको पहलमा निर्माण भएका भौतिक पूर्वधारलाई व्यावस्थीत र आवश्यक भौतिक निर्माणको काम नगरले गर्ने नगरपालिकाले जनाएको छ ।

डिभिजन वन कार्यालय त्रिवेणीबाट ‘पर्यावरण’ शिर्षकमा ६० हजार रुपैयाँ र उपभोक्ताहरुले वृक्षारोपण गरेर बाँकी रहेको एक लाख रुपैयाँले सिमसार क्षेत्र निर्माण तथा संरक्षणको कार्य थालेको समितिले जनाएको छ । सिमसार क्षेत्रको विकासका लागि गत फागुन १३ गतदेखि श्रीमद् भागवत धान्यान्चल सप्ताह ज्ञान महायज्ञ लगाएको समितिका सचिव दिलबहादुर अधिकारीले बताए । यज्ञबाट सङ्कलन भएका रकम सिमसार क्षेत्रलाई व्यावस्थित गर्न पोखरीहरूमा डुङ्गा सञ्चालन गर्ने, मन्दिर निर्माण, घेरा बेरालगायतका भौतिक संरचना निर्माण गर्ने योजना रहेको सचिव अधिकारीले बताए ।